काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्दै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका छन ।  चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका छन।

सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन सभापति लामिछानेले भने, सरकारमा जाने त सम्भावनै छैन। सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।

OM Sai Pathibhara Hospital

सभापति लामिछानेले भने काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताएका छन ।