रूपन्देही / पूर्वराजा वीरेन्द्रको सालिक हटाउने क्रममा तनावग्रस्त बनेको नेपालगञ्जमा अर्को सालिक पनि तोडफोड गरिएको छ ।
झडपका क्रममा आक्रोशित स्थानीयले धम्बोजी चोक नजिकै रहेको न्यूरोडस्थित सेतु विक चोकमा राखिएको जनआन्दोलनका शहीद सेतु विकको सालिक पनि तोडफोड गरेका हुन् ।
सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै सालिक राखिएको थियो ।
प्रहरीले वीरेन्द्रको सालिक हटाएपछि आक्रोशित समूहले सेतुको सालिक तोडफोड गरेका हुन् । प्रहरीले विकको सालिक तोडफोडमा संलग्न आरोपमा केहीलाई पक्राउ गरेको छ ।
याे पनि –पूर्वराजाको सालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, डेढ दर्जन घाइते