रूपन्देही / बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा स्व. राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । 

बिहीबार बिहान वीरेन्द्रचोकमा स्वं राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।

OM Sai Pathibhara Hospital

आज १९ जेठमा स्व. राजा वीरेन्द्रको सम्झनामा राजतन्त्र माग गर्दै आएको समूहले सालिक राखेपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत गरेको थियो । 

झडपमा परी ९ प्रहरी र आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीले सालिक हटाउँदा सालिक राख्ने समूहले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।