भक्तपुर / एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास क्षेत्र भक्तपुरको बालकोटमा एक किशोरी बलात्कृत भएकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालीका –२ बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

साथीहरू सँग खेल्न गएकी बालिकाको स्थानीय रातोपुल क्षेत्रमा रहेको गहुँबारीमा बलात्कार भएको प्रहरीले जनाएको छ । राती करिव ७ बजे बालिका बलात्कृत भएको र बलात्कारमा संलग्न सुनसरीका एक १७ वर्षीय किशोरलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ परेका किशोरलाई थुनामा राखेर अनुसन्धान थालिएको र बलात्कृत बालिकाको स्वास्थ्य परिक्षण गरिएको परिसरले जानकारी गराएको छ ।