काठमाडौं  / काठमाडौंको बसुन्धारा स्थित चेल्सी फाउन्डेसनबाट ३५ वटा ल्यापटप डकैती गरेर भागेका आरोपीलाई प्रहरी पक्राउ गरेको छ ।

 नुवाकोट घर भएका तेज बहादुर मगर उर्फ कुमारलाई सोमबार बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन ।

OM Sai Pathibhara Hospital


मगरले २०७२ मा अमेरिकन कम्पनी चेल्सी फाउन्डेसनको कार्यलयबाट विभिन्न कम्पनीका ल्यापटप डकैती गरेका थिए । जिल्ला अदालत काठमाडौँले उनलाई दुईवटा मुद्दामा २३ लाख जरिवाना हुने फैसला गरेको छ ।


नुवाकोटको विदुर नगरपालिका घर भएका कुमारलाई प्रहरीले २०६० मा पनि डाँका मुद्दामा पक्राउ गरेको थियो । उनी त्यसबेला ८ वर्ष जेल बसेर निस्केका थिए ।