धनगढी / कैलालीको लम्कीचुहा नगरपालिका –३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्याको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा २३ वर्षीय महेश रावल, २० वर्षीय दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, २२ वर्षीय कपिल श्रेष्ठ, २८ वर्षीय विकास खड्का, २३ वर्षीय प्रविण रिमाल, २१ वर्षीय रोहित आले, २५ वर्षीय रोहण शाह, २५ वर्षीय लोकेन्द्र कुँवर, २६ वर्षीय सविनजँग शाही र १८ वर्षीय निशान्त मल्ल रहेका छन्।

OM Sai Pathibhara Hospital

त्यस्तै बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना २७ वर्षीय नवीन रावल, २६ वर्षीय चिरनजीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, २८ वर्षीय जयन्द्र शाह, २७ वर्षीय विकास शेरचन, २४ वर्षीय रोशनबहादुर शाही, ३५ वर्षीय अशोक रावल, २५ वर्षीय लोकजंग शाही र २२ वर्षीय हेमन्त शाही अझै फरार छन्। 

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरुमा उनीहरु मध्ये रावलसहितका केही युवाको हत्यामा संलग्न रहेको र केहीले घटनामा सघाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव भएर झगडा हुन थालेपछि हत्या प्रकरणसम्म पुगेको देखिएको छ।

सोही कारण योजनाबद्ध रुपमा गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।