पोखरा / तनहुँको शुक्लागण्डकी नगरपालिका –१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकै १७ वर्षीय रोहित मल्ल रहेका छन् ।
आइतबार राति शुक्लागण्डकी स्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएका बेला गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुन बहादुर गुरुङलाई पक्राउ गरेको छ ।