काठमाडौँ / काठमाडौँबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिरोसी खनाल रहेका छन् ।
दरबारमार्गमा कपडा पसल सञ्चालन गर्दै आएका खनालको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
पक्राउ परेका खनाल र बरामद भएको रकम थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।