सुनसरी / कोशी गाउँपालिका –८ भन्टाबारीमा बस दुर्घटना हुँदा बसका सह–चालकको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।

मृत्यु हुनेमा बसका सह–चालक सिरहा धनगढी नगरपालिका –८ का २६ वर्षीय जिवस यादव रहेका छन् । 

OM Sai Pathibhara Hospital

हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरटेक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । 

दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । 

बस चालक सिरहा लाहान नगरपालिका –८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।