झापा / झापाको दमकमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका –१० की ४९ वर्षीया घनादेबी आचार्य रहेकी छिन् ।
गत मंसिर १६ गते उनका श्रीमान ४५ वर्षीय राम कुमार लिम्बुले घनादेवीलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाइबाट घाइते भएकी घनादेबीको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।