कञ्चनपुर / कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ बाणी स्थित पूर्व – पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर –२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् ।

OM Sai Pathibhara Hospital

‘ठक्कर दिने गाडीको पहिचान भइसकेको छ’ प्रहरी निरीक्षक बोहराले भने, ‘चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।’

स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई राहत दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।