दमौली, । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन । तनहुँको शुक्लागण्डकी –३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौँदेखि अव्यवस्थित बसोबासका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध छ भने ।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको बेवास्ताका कारण दुलेगौंडा हर्कपुर मोटरमार्गमा ढिलाई भएको आपत्ति जनाए ।

OM Sai Pathibhara Hospital

वडाध्यक्ष रामकुमार श्रेष्ठले वडा कार्यालय भवन निर्माण भएपछि वडाबाट सहज र सरल रुपमा जनतालाई सेवा दिन सजिलो भएको बताएका छन ।