ताप्लेजुङ / ताप्लेजुङमा ट्रयाक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरिजङ्गा गाउँपालिका –३ का २५ वर्षीय वसन्त लिम्बु र फुङलादिनका १५ वर्षीय समिर लिम्बू रहेका छन् ।
हिजो शुक्रबार अपरान्ह ४ बजे सिरिजंगा गाउँपालिका –३ बोखिमस्थित भित्री सडक खण्डमा गोलिया बोकेको मे१त ६८९३ नम्बरको ट्याक्टर सडक छोडेर २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भिर घाइते भएका बसन्तलाई हेलिकप्टरबाट उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको र समिरको तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै दुर्घटनामा परी अमित लिम्बू र सुसन लिम्बू घाइते भएका छन् । उनीहरूको तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।