विदेश

    Showing 251-260 of 2,133 items.
  • आजदेखि इलामका सबै चिया उद्योग बन्द

    विराटनगर— सोमबारदेखि इलामका ५६ वटा (सबै) चिया उद्योग बन्द गरिएको छ ।भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दुःख दिएर डेढ महिनादेखि निकासीमा अवरोध पुर्‍याउँदा उत्पादित वस्तुले बजार नपाएर कुहिने अवस्था र्सिजना भएपछि नेपालका चिया उद्योगीले उद्योग नै बन्द गरेका हुन् ।नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार, आजदेखि इलामका ५६ वटै उद्योग बन्द गरिएको छ भने बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गर्ने निर्णय भएको छ ।ती उद्योगमा एकलाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् । पराजुलीका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको

    • प्रकाशित मितिः असार १, २०८३
    • 452 पटक पढिएको
  • अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा सहमति

    काठमाण्डौ ।  अमेरिका र इरानले आइतबार लामो समयदेखि चलेको युद्ध रोक्ने समझदारीमा पुगेका छन्। विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति सम्झौता’ मा पुगेका छन्।दुवै देशले सबै मोर्चामा तत्काल र स्थायी रूपमा सैन्य कारबाही रोक्ने निर्णय गरेका छन्, जसलाई वैश्विक अर्थतन्त्र र मध्यपूर्वको स्थिरताका लागि एउता ठुलो उपलब्धिको रूपमा हेरिएको छ।पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको र यो लागू भइसकेको पुष्टि गरेका छन्। पाकिस्तान, कतार लगायतका देशहरूको मध्यस्थतामा

    • प्रकाशित मितिः असार १, २०८३
    • 254 पटक पढिएको
  • देश बनाउने अभियानमा जोडिन चीनमा रहेका नेपालीलाई खनालको आग्रह

    बेइजिङ । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल अहिले रोजगारी सिर्जनाको ठूलो चुनौतीसँग जुधिरहेको बताएका छन्। प्रत्येक वर्ष श्रम बजारमा आउने लाखौं युवालाई देशभित्रै अवसर दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। नेपालको विकास र आर्थिक समृद्धिको अभियानमा प्रवासमा रहेका नेपालीको भूमिका निर्णायक हुने भन्दै परराष्ट्रमन्त्री शिशिर खनालले चीनमा रहेका नेपालीलाई मातृभूमिसँग जोडिन आह्वान गरेका छन्। मन्त्री खनालले चीनमा अध्ययन, अनुसन्धान तथा व्यवसाय गरिरहेका नेपालीहरूलाई आफूले आर्जन गरेको आधुनिक प्रविधि, अनुभव र ज्ञान नेपालका लागि उपयोग गर्

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 199 पटक पढिएको
  • अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसका दिन इरानी सर्वोच्च नेता खामेनीको अन्तिम बिदाइ

    तेहरान । इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रम जुलाई ४ देखि सुरु गर्ने भएको छ। सोही दिन अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउँदैछ।इरानी अधिकारीहरूका अनुसार श्रद्धाञ्जली कार्यक्रम तेहरानबाट सुरु हुनेछ भने जुलाई ९ मा उत्तरपूर्वी सहर मशहदमा शव दफनसँगै अन्तिम संस्कार सम्पन्न हुनेछ। कोममा पनि विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ।विश्लेषकहरूले अमेरिकाको राष्ट्रिय दिवस रोजिनुलाई केवल संयोग नभई कूटनीतिक तथा राजनीतिक सन्देशको रूपमा व्याख्या गर्न थालेका छन्। खामेनी लामो समयसम्म अमेरिकाविरोधी धारका प्रमुख प्रतीक मानिन्थे।३६ वर्षसम्म इरानको

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 243 पटक पढिएको
  • बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

    काठमाडौं— बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ सरकारको सन्देश लिएर उत्तरी छिमेकमा पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङमा आइतबार नेपाली समुदायसँग संवाद गरेका छन् ।चार दिवसीय चीन भ्रमणका लागि आइतबार बेइजिङमा उत्रिएका खनालले त्यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन्।नयाँ सरकारको सन्देश बोकेर आइतबार मध्याह्न उनी बेइजिङ पुगेका थिए । उनले नेपालि दूतावासद्वाार आयोजित स्वागत कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन्।अब परराष्ट्रमन्त्री खनालले बेइजिङमा रहँदा त्यहाँस्थित समकक्षी वाङसहित चीनका उच्च अधिकारीहरूसँग संवाद गर्नेछन् । यसअघि दक्षिणी छिमेकी भार

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 521 पटक पढिएको
  • स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि नयाँ मापदण्ड लागू

    काठमाडौं— नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन नयाँ निर्देशिका सार्वजनिक गरेको छ।बोर्डका अनुसार पछिल्ला वर्षहरूमा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या बढ्दै गएपछि उनीहरूको आवागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त निर्देशिका जारी गरिएको हो।निर्देशिकाअनुसार नेपाल प्रवेश गर्ने सबै पर्यटकले भन्सार विभागको अनलाइन वा सम्बन्धित नाकास्थित भौतिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्नेछ। साथै, सीमा नाकामा सवारी साधनका यात्रुको विवरण, उमेर, लिङ्ग, नेपाल बसाइको अवधि तथा भ्रमण गर्ने गन्तव्यसम्बन्धी जान

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 440 पटक पढिएको
  • बेलायतले रूसको जहाज नियन्त्रणमा लिएको दाबी

    काठमाडौं— बेलायतले इङ्ग्लीस च्यानलमा रूसको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ ।बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो ।मन्त्रालयका अनुसार आइतबार करिब छ घण्टा लामो संयुक्त अपरेसन सञ्चालन गरिएको थियो ।अपरेसनमा चिनुक हेलिकप्टर, फ्रिगेट एचएमएस साउथह्याम्पटन लगायतका नौसैनिक जहाज र हवाई साधनहरू सहभागी थिए ।सो क्रममा रोयल मरीन कमान्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष तालिमप्राप्त कानून प्र

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 247 पटक पढिएको
  • पटना गोलीकाण्डका आरोपी विराटनगरको होटलमा मृत भेटिए

    विराटनगर— भारतको बिहार राज्यस्थित पटनामा भएको आक्रमण तथा तोडफोड घटनाका आरोपी प्रिन्स कुमार यादव विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका यादव आइतबार राति मृत भेटिएका हुन्। उनले होटलमा बिरामीको उपचारका लागि नेपाल आएको विवरण दर्ता गराएका थिए।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यादवसँगै होटलमा बसेका अन्य चार भारतीय नागरिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रिन्स कुमार यादव बिहारको चर्चित खान सर काण्डसँग सम्बन्धित मुद्दाका आरोपी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 334 पटक पढिएको
  • फिफा विश्वकप अष्ट्रेलियासँग टर्किए २–० ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ ।आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गरेको हो । आइतबारको खेलमा अष्ट्रेलियाले सशक्त र प्रभावकारी प्रदर्शन गर्यो । अष्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले पहिलो हाफमै पहिलो गोल गरेका थिए । यसैगरी, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले गोल गरे । जितसँगै समूह डीमा अष्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा छ । पाराग्वेमाथि शानदार जित हासिल गरेको आयोजक अमेरिका शीर्ष स्थानमा छ ।यसअघिको खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेका छन् । 

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 406 पटक पढिएको
  • भारतीय अवरोधका कारण नेपाली चिया उद्योग संकटमा, असार १ देखि उद्योग बन्द गर्ने घोषणा

    काठमाडौं— भारतीय पक्षले नेपाली चिया आयातमा लागू गरेको नयाँ प्रशासनिक व्यवस्थाका कारण चिया निर्यात प्रभावित बनेपछि इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरूले असार १ गतेदेखि उद्योग सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्।सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आइतबार जारी गरेको विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ ले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेको उल्लेख गरेको छ। गुणस्तर परीक्षण प्रक्रिया लामो हुनु, परीक्षण प्रतिवेदन ढिलो आउनु तथा भण्डारणसम्बन्धी जटिलताले ठूलो परिमाणमा चिया बिक्री ह

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 544 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.