विदेश

    Showing 251-260 of 1,579 items.
  • जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’ : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

    काठमाडौं – जम्मू–कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा क्लाउड ब्रस्ट हुँदा (बादल फुट्दा) कम्तीमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ । किश्तवाड जिल्ला अस्पतालमा अहिलेसम्म ३५ जनाको शव ल्याइएको छ, जसमध्ये ११ जनाको पहिचान भइसकेको छ । मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।स्थानीय प्रशासनका अनुसार कम्तीमा ७० जना घाइतेलाई ब्लक र जिल्ला अस्पतालमा भर्ना गरिएको छ । जम्मू–कश्मीरका उपमुख्यमन्त्री सुरिन्दर चौधरीले घाइतेको सङ्ख्या करिब १०० पुगेको जानकारी दिएका छन् ।घटनास्थलमा अचानक बाढी आएको थियो । यो क्षेत्र मचैल माता यात्राको सुरुवाती बिन्दु हो, जहाँ घटना बेला ठुलो भीड रहेको बताइएको छ ।भारतीय सेनाक

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 481 पटक पढिएको
  • कश्मीरमा विपद्: बाढी र पहिरोमा परी १२ को मृत्यु पुष्टि

    भारत— भारतको कश्मीरमा रहेको चोशोती गाउँमा बिहीवार आएको आरीघोप्टे वर्षामा परी हताहत भएकामध्ये १२ जनाको शव बरामद गरिएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार, किश्तवर जिल्लामा मचैल माताको मन्दिरसम्मको यात्रा गरिरहेका भक्तजन आरीघोप्टे वर्षा (क्लाउडबर्स्ट) मा परेका थिए ।हताहत हुने मानिसको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।मचैल माताको मन्दिरसम्म पुग्नका लागि चोशोती गाडी पुग्ने अन्तिम गाउँ हो ।आजको घटनापछि वार्षिक तीर्थयात्रा बन्द गरिएको छ । अधिकारीहरूले राहत तथा उद्धारका लागि सबै स्रोतहरू परिचालन गरिरहेका छन् ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 534 पटक पढिएको
  • युरोप र अमेरिकाका नेताहरू रुससँग वार्ताका लागि पाँच सिद्धान्तहरूमा सहमतः जेलेन्स्की

    काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोप र अमेरिकाका नेताहरु रुससँग वार्ताका लागि पाँच सिद्धान्तहरुमा सहमत भएको बताएका छन् । युक्रेनफर्म समाचार एजेन्सीको रिपोर्ट अनुसार बर्लिनमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले जोड दिए कि युक्रेन, रुस–युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानमा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्छ ।युक्रेनसँग सम्बन्धित सबै कुरा युक्रेनसँग मात्र छलफल गरिनुपर्छ, उनले युक्रेन, रुस र संयुक्त राज्य अमेरिका सम्मिलित त्रिपक्षीय वार्ताको तयारीको लागि आह्वान गर्दै भने । जेलेन्स्कीले युक्रेनको लागि युद्धविराम र सुरक्षा ग्यारेन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 336 पटक पढिएको
  • सङ्क्रमित फेन्टानिलका कारण अर्जेन्टिनामा ८७ जनाको मृत्यु, अनुसन्धान तीव्र

    अर्जेन्टिना— ब्याक्टेरियाले सङ्क्रमित फेन्टानिल औषधिको प्रयोगका कारण अर्जेन्टिनाका विभिन्न अस्पतालमा कम्तीमा ८७ जनाको ज्यान गएको पुष्टि भएको छ।गत मे महिनादेखि एक अर्जेन्टिनी अदालतले क्लेबसिएला निमोनिया र राल्स्टोनिया पिकेटी नामक ब्याक्टेरियाबाट सङ्क्रमित फेन्टानिलको प्रयोगबाट बिरामीको मृत्युको कारण खोज्न अनुसन्धान गरिरहेको छ।अर्जेन्टिनाको औषधि नियामक निकायको उजुरीका आधारमा सुरू गरिएको अनुसन्धानमा बिरामीहरूको अवस्था औषधि प्रयोगपछि झन् गम्भीर बनेको र केहीको मृत्यु समेत भएको उल्लेख गरिएको छ। एक अधिकारीले नाम गोप्य राख्ने शर्तमा समाचार संस्था एएफपीलाई जानकारी दिएका थिए।अनुसन्धानको नेतृत्व गरिरहेका

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 531 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको चीन र भारतका राष्ट्रप्रमुखहरूसँग उच्चस्तरीय भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागिता जनाउने क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।प्रधानमन्त्री ओलीको यो सहभागिता ऐतिहासिक मानिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालबाट एससीओ सम्मेलनमा यस्तो उच्चस्तरीय प्रतिनिधित्व यो पहिलोपटक हो। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा क्षेत्रीय सहयोग, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा साझा चासोका राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।सन् २००१ मा स्थापन भएको एससीओको मुख्य उद्देश्य क्षेत्रीय स्थिरता र आपसी सहकार्

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 554 पटक पढिएको
  • क्यानडाका प्रधानमन्त्रीको भनाइ : घृणा र हिंसाका लागि हाम्रो देशमा ठाउँ छैन

    ओटावा – क्यानडाको ओटावा शहरमा एक मुस्लिम महिलामाथि भएको दुर्व्यवहारप्रति प्रधानमन्त्री मार्क कार्नीले कडा प्रतिक्रिया जनाएका छन्। उनले देशमा घृणा र हिंसा फैलाउनेलाई कुनै स्थान नहुने बताएका छन्।अगस्ट ११ मा मोर्गनको ग्रान्ट क्षेत्रस्थित बसमा यात्रा गरिरहेकी एक मुस्लिम महिलामाथि दुर्व्यवहार गरिएको थियो। पीडित महिलाले हिजाब लगाएकी थिइन्। उनलाई बिना कुनै उक्साहट अपमानित गरिएको, धम्की दिइएको र दुर्व्यवहार गरिएको क्यानडा सरकारले पुष्टि गरेको छ।प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै लेखेका छन्, "बिना कुनै उत्तेजना आक्रमण गरियो। उनलाई धम्की दिइयो र दुर्व्यवहार गरियो। यस घटनामा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 375 पटक पढिएको
  • जेलेन्स्कीको चेतावनी बीच ट्रम्प र पुटिन मात्रै अलास्कामा भेट्दै

    काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको चेतावनीको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनले शुक्रबार अलास्कामा एक्लाएक्लै भेट्ने छन् ।केहिदिन अघि युक्रेनको सहभागिता बिना गरिएको कुनै पनि निर्णय अस्वीकार्य हुनेछ भन्दै जेलेन्स्कीले एक भिडिायो मार्फत चेतावनी दिएका थिए । ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले मंगलबार घोषणा गरे कि ट्रम्प र पुटिनले शुक्रबार अलास्काको एन्कोरेजमा बैठक गर्नेछन् र दुई नेताहरू बीचको बैठकमा जेलेनस्की हुने छैनन् ।ट्युसडेमा पनि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुई नेताहरू बीचको आगामी बैठकको तयारीको बारेमा रूसी विदेशमन्

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 366 पटक पढिएको
  • पूर्व राष्ट्रपति युनपछि उनकी पत्नी पनि पक्राउ

    काठमाडौं — दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी तथा पूर्व प्रथम महिला किम क्योन हीलाई घूस, सेयर मूल्य हेरफेरलगायतका आरोपमा प्रहरीले पक्राउ गरेको छ।मंगलबार सिओलमा भएको चार घण्टे अदालत सुनुवाइमा किमले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेकी थिइन्। तर, प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो।दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरू जेल जाने परम्परा लामो भए पनि, पहिलोपटक कुनै राष्ट्रपतिको पत्नीसमेत कारागार पुगेकी छन्। यसअघि युन सुक योललाई गत जनवरीमा ‘असफल मार्शलल प्रयास’ र त्यसबाट उत्पन्न राजनीतिक अराजकतासम्बन्धी आरोपमा पक्राउ गरिएको थियो।५२ वर्षीय

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 462 पटक पढिएको
  • हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि

    एजेन्सी – इजरायलको हवाई आक्रमणमा परी अल–जजीराका पाँच जनासहित छ पत्रकार मारिएपछि सोमबार मृत शरीरको अन्त्येष्टि गरिएको छ । सोमबार गाजा शहरमा शोक समेत मनाइएको छ । आइतबार इजरायलले गाजास्थित अल–शिफा अस्पतालमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । समारोहमा उपस्थित सहकर्मी एवम सहभागिहरुले मृतकहरुको स्मरण गरे । शोक समारोह निकै मार्मिक बनेको थियो । अल जजीराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन् मृत्युमा शोक मनाउन मानिसहरू अल शिफा अस्पतालको आँगनमा उभिएका थिए। ‘यो अपराध

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 491 पटक पढिएको
  • पाकिस्तानको परमाणु धम्की पुरानै बानी हो : भारत

    काठमाडौँ – भारतले परमाणु धम्की दिनु पाकिस्तानको आदत भएको बताएको छ । पाकिस्तानी सैन्य प्रमुख आसिम मुनिरको परमाणु धम्कीमा भारतले पाकिस्तानको परमाणु धम्की दिनु् पहिलेदेखिकै आदत भएको जनाएको हो । भारतीय विदेश मन्त्रालयले परमाणु धम्की दिनु भारतको पुरानै आदत भएको जनाएको हो । भारत परमाणु ब्ल्याकमेलप्रति नझुक्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ । भारतले भनेको छ – हामीलाई आफ्नो सुरक्षा गर्न आउँछ ।भारतले कुनै मित्र देशको भूमिमा गएर गरिएको यो टिप्पणी खेदजनक छ । यो हर्कतले उक्त देशप्रति पनि शंका पैदा हुने भारतले जनाएको छ । अमेरिकी भ्रमणका क्रममा मुनिरले भनेका थिए, ‘हामी भारतमा सिन्धू नदीमा बा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 536 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा