काठमाडौं— बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ सरकारको सन्देश लिएर उत्तरी छिमेकमा पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङमा आइतबार नेपाली समुदायसँग संवाद गरेका छन् ।

चार दिवसीय चीन भ्रमणका लागि आइतबार बेइजिङमा उत्रिएका खनालले त्यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन्।

नयाँ सरकारको सन्देश बोकेर आइतबार मध्याह्न उनी बेइजिङ पुगेका थिए । उनले नेपालि दूतावासद्वाार आयोजित स्वागत कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका हुन्।

अब परराष्ट्रमन्त्री खनालले बेइजिङमा रहँदा त्यहाँस्थित समकक्षी वाङसहित चीनका उच्च अधिकारीहरूसँग संवाद गर्नेछन् । यसअघि दक्षिणी छिमेकी भारत पुगिसकेका उनले उत्तरी छिमेकीसँग पनि सरकारको सहकार्यका लागि विभिन्न तहमा छलफल गर्दैछन् ।