विदेश

    Showing 1,821-1,830 of 2,133 items.
  • जापानमा २०२२ को सुरुदेखि मात्र खोपको थप मात्रा दिइने

    एजेन्सी / जापानमा आगामी बर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ । जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका लागि थप मात्राको खोप लगाउने तयारी भएको हो ।  स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले थप मात्राको खोप लगाउने बारेमा अघिल्लो हप्ता नै निर्णय गरेको पनि उनले जानकारी दिए । दोस्रो खोप लगाएको आठ महिनापछि थप मात्राको रुपमा तेस्रो खोप लगाउन सकिने व्यवस्था गरिने भएको हो । थप मात्राको खोप लगाएपछि शरिरमा एन्टी वडीको मात्रा पनि बढ्ने चिकित्सकहरुले बताएका छन् । थप मात्राको खोप आगामी सन् २०२२ को फेब्रुअरी

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 168 पटक पढिएको
  • ‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुन्छ : बेलायती प्रधानमन्त्री जोन्सन

    एजेन्सी / संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै  महत्वपूर्ण हुने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । उनले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने धारणा राखेका हुन् ।संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँगको कुराकानीका क्रममा उनले सो जानकारी दिएका हुन्। त्यस क्रममा उनले भने – ‘मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीले आफ्ना ज

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 201 पटक पढिएको
  • लिबियाको तटीय क्षेत्रबाट १३४ आप्रवासीको उद्धार

    बिर्तामोड(एजेन्सी)  संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चआयोग (युएनएचसीआर) ले सोमबार १३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ । लिबिया शरणार्थी र आप्रवासीहरुलाई फिर्ता गर्नको लागी एक सुरक्षित बन्दरगाह नभएको यूएनएचसीआरले जनाएको छ ।आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनकाअनुसार यस वर्ष अहिलेसम्म २४ हजार ४२० जना भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरिएको  छ । उद्धार गरिएका ती आप्रवासीमा महिला र बालबालिका पनि रहेका जनाइएको

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 168 पटक पढिएको
  • भारतीय अखण्ड परिषद्का प्रमुखद्धारा आफ्नै आश्रममा आत्महत्या

     एजेन्सी / भारतमा हिन्दुवादी समूह अखिल भारतीय अखण्ड परिषद्का प्रमुख नरेन्द्र गिरीले आफ्नै आश्रममा आत्महत्या गरेका छन् । उनले उत्तर प्रदेशको प्रयागराज सहरस्थित आफ्नै आश्रममा सोमबार राती आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनले नेतृत्व गरेको अखण्ड परिषद् भारतीय साधुहरुको सबैभन्दा ठूलो धार्मिक संगठन हो । आत्महत्या गर्नुअघि उनको आश्रमबाट प्रहरीले सुसाईड नोट फेला पारेको छ । ‘हामीले सुसाईड नोट जाँच गरिरहेका छौं । उनी दुःखित बनेको नोटमा उल्लेख छ’, प्रयागराजका प्रहरी अधिकारी केपी सिंहले भनेका छन् । नरेन्द्रको आत्महत्यालाई लिएर उनका शिष्य आनन्द गिरी पक्राउ परेका छन् । 

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 218 पटक पढिएको
  • शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध

    बिर्तामोड(एजेन्सी) शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरूका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो । हाल इस्लामावादको भ्रमणमा रहेका शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताए । उनले भने –‘हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरु पनिविश्व समुदाय यहाँको अवस्थाको बारेमा जानकार रहने र आवश्यक सहयोगक

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 172 पटक पढिएको
  • भारतमा एकै दिन ३५ हजारभन्दा बढी नयाँ संक्रमित थपिए

    काठमाडौं / भारतमा कोरोना भाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन। सोही अवधिमा २१८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि संक्रमितहरुको सङ्ख्या तीन लाख ४० हजार ६३९ छ। यो सङ्ख्या घट्दै गएको देखिएको छ। एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमण मुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले पनि संक्रमितहरुको संख्या घट्दै गएको हो। त्यसैगरी अहिलेसम्म संक्रमण मुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ। गत शुक्रबारसम्ममा भारतका ५५

    • प्रकाशित मितिः असोज २, २०७८
    • 172 पटक पढिएको
  • अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन

    एजेन्सी / अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ ।  उनको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । सन् २०१९ मा राजीनामा गर्नु अघिसम्म उनले झण्डै दुई दशक अल्जेरियामा शासन गरेका थिए ।  उनले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिएका हुन् । देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहेका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिएका थिए । आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उनले बताएका थिए । उनले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो

    • प्रकाशित मितिः असोज २, २०७८
    • 156 पटक पढिएको
  • अफगानिस्तानमा एक महिनापछि खुल्न थाले विद्यालय

    बिर्तामोड(एजेन्सी) तालिबानी विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करिब एक महिनापछि खुल्न थालेका छन् । अफगानिस्तानको शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) हरू शनिबारदेखि  सञ्चालनमा आएका छन् । मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन –अध्यापनमा फर्किन आग्रह गरेको छ। प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।

    • प्रकाशित मितिः असोज २, २०७८
    • 152 पटक पढिएको
  • दिल्लीबाट पाकिस्तानका ६ जना आतंकवादी पक्राउ

    एजेन्सी  //भारतको राजधानी दिल्लीबाट पाकिस्तानका ६ जना आतंकवादी पक्राउ परेका छन्। उनीहरु पक्राउ परेपछि दिल्लीमा पाकिस्तानको ठूलो आतंकवादी षड्यन्त्र पर्दाफास भएको हो। दिल्ली प्रहरीको विशेष सेलले पाकिस्तानमा प्रशिक्षण लिएका दुई जना आतंककारीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी गराएको छ। लगतै  मल्टी स्टेट अपरेसनका क्रममा अन्य ४ जना आतंककारीसमेत गरि  जम्मा ६ जनालाइ पक्राउ गरिएको  दिल्ली प्रहरीको विशेष सेलका डीसीपी प्रमोद कुशवाहाले बताएका छन्। उनीहरूको साथबाट ठूलो मात्रामा विस्फोटक पदार्थ र हतियार समेत बरामद भएको उनले जानकारी गराएका छन्।

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 174 पटक पढिएको
  • तालिवानले गरे प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर सार्वजनिक

    एजेन्सी // तालिवानले  प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरेको छ। तालिवानले अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुन्दको सोमबार एउटा तस्वीर ट्वीटरमा  पोष्ट गरेको हो।कतारको राजधानी दोहामा तालिबान कार्यालयका प्रवक्ता मोहम्मद नईमले उक्त तस्विर पोष्ट गर्दै  ‘मुल्ला हसन अखुन्द, राष्ट्रपति भवनमा अफगानिस्तानको इस्लामिक इमिरेट्सका प्रधानमन्त्री’ भनेर समेत लेखेका छन्। अखुन्द  एक कुर्सीमा बसेको तस्वीरमा देख्न सकिन्छ। यसअघि मुल्ला हसन अखुण्डको युवावस्थाको तस्वीर मात्र जनताले देखेका थिए। सो तस्वीरमा उनि बुढो देखिएका छन्।  

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.