काठमाडौं / भारतमा कोरोना भाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन। 

सोही अवधिमा २१८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि संक्रमितहरुको सङ्ख्या तीन लाख ४० हजार ६३९ छ। यो सङ्ख्या घट्दै गएको देखिएको छ। एकै समयमा नयाँ संक्रमितभन्दा संक्रमण मुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले पनि संक्रमितहरुको संख्या घट्दै गएको हो। त्यसैगरी अहिलेसम्म संक्रमण मुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ। 

OM Sai Pathibhara Hospital

गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ। ती मध्ये १४ लाख ४८  हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो।