एजेन्सी  //भारतको राजधानी दिल्लीबाट पाकिस्तानका ६ जना आतंकवादी पक्राउ परेका छन्।

उनीहरु पक्राउ परेपछि दिल्लीमा पाकिस्तानको ठूलो आतंकवादी षड्यन्त्र पर्दाफास भएको हो।

OM Sai Pathibhara Hospital

दिल्ली प्रहरीको विशेष सेलले पाकिस्तानमा प्रशिक्षण लिएका दुई जना आतंककारीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी गराएको छ।

लगतै  मल्टी स्टेट अपरेसनका क्रममा अन्य ४ जना आतंककारीसमेत गरि  जम्मा ६ जनालाइ पक्राउ गरिएको  दिल्ली प्रहरीको विशेष सेलका डीसीपी प्रमोद कुशवाहाले बताएका छन्।

उनीहरूको साथबाट ठूलो मात्रामा विस्फोटक पदार्थ र हतियार समेत बरामद भएको उनले जानकारी गराएका छन्।