एजेन्सी // तालिवानले  प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरेको छ।

तालिवानले अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुन्दको सोमबार एउटा तस्वीर ट्वीटरमा  पोष्ट गरेको हो।

OM Sai Pathibhara Hospital

कतारको राजधानी दोहामा तालिबान कार्यालयका प्रवक्ता मोहम्मद नईमले उक्त तस्विर पोष्ट गर्दै  ‘मुल्ला हसन अखुन्द, राष्ट्रपति भवनमा अफगानिस्तानको इस्लामिक इमिरेट्सका प्रधानमन्त्री’ भनेर समेत लेखेका छन्।

अखुन्द  एक कुर्सीमा बसेको तस्वीरमा देख्न सकिन्छ। यसअघि मुल्ला हसन अखुण्डको युवावस्थाको तस्वीर मात्र जनताले देखेका थिए।

सो तस्वीरमा उनि बुढो देखिएका छन्।