एजेन्सी / संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै  महत्वपूर्ण हुने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । 

उनले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने धारणा राखेका हुन् ।

OM Sai Pathibhara Hospital

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँगको कुराकानीका क्रममा उनले सो जानकारी दिएका हुन्। 

त्यस क्रममा उनले भने – ‘मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीले आफ्ना जिम्मेवारीका बारेमा पनि हामीले एक आपसमा कुरा गर्नेछौँ र हामीले यस विषयमा आवश्यक छलफल र परामर्श पनि गर्न सक्नेछौँ ।’ 

यस सम्मेलनका अवसरमा विश्वका धनी देशहरूले जलवायु परिवर्तनको असरका बारेमा आफूहरूले गर्नुपर्ने कामहरूको प्रतिबद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने उनले बताए ।