विदेश

    Showing 1,641-1,650 of 2,133 items.
  • सिरियामा अमेरिकी सेनाको हमला, १३ जनाको मृत्यु

    एजेन्सी / सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा  बालबालिका र महिलासहित १३ जनाको मृत्यु भएको छ । जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो । एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो । अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले  जनाएको छ । अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानव अधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 164 पटक पढिएको
  • बाढीका कारण २८ जनाको मृत्यु

    काठमाडौँ / ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ । वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो ।प्राप्त समाचारअनुसार त्यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण त्यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ । त्यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 143 पटक पढिएको
  • अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

    एजेन्सी  / युक्रेनलाई लिएर रुससँग तनाव उत्कर्षमा पुगेको बेला अमेरिकाले युरोपमा थप सैनिक पठाउने तयारी गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा यसै साता थप दुई हजार सैनिक युरोप पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंका गर्दै अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाउन लागेको हो । उत्तरी क्यालिफोर्नियाको फोर्ट ब्रागमा रहेका करिब दुई हजार सैनिक पोल्याण्ड र जर्मनीमा तैनाथ गरिने छन् । त्यस्तै, हाल जर्मनीमा रहेका एक हजार अमेरिकी सैनिकलाई रुमानिया पठाइने छ ।थप ८ हजार सैनिकलाई पनि युरोप पठाउन तयारी अवस्थामा राखिएको पनि पेन्टागनले जनाएको छ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 141 पटक पढिएको
  • भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सयको मृत्यु

    एजेन्सी / भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण अरु एक हजार ७३३ जनाको मृत्यु भएको छ ।जवकी अघिल्लो दिन नयाँ सङ्क्रमितहरुको सङ्ख्या एक लाख ६७ हजार ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकहरुको सङ्ख्या निरन्तर घट्दै गइरहेको जनाएको छ ।भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहर

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 117 पटक पढिएको
  • भारतीय बजेट : नेपाललाई भुटान भन्दा कम अनुदान

    एजेन्सी / भारतले आर्थिक वर्ष २०२२/२३ को बजेट मार्फत नेपाललाई अर्को छिमेकी मुलुक भुटानको भन्दा कम आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।भारत सरकारले ल्याएको नयाँ बजेटमा नेपाललाई १२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख रहेको छ ।भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको केन्द्रीय बजेटमा  बिभिन्न देशलाई दिने अनुदानको सुचीमा नेपाललाई नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात १२ अर्ब नेपाली रुपैयाँ अनुदानका छुट्याएको उल्लेख छ।नेपाल लगायत भुटान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स, म्यानमार, मंगोलियाका साथै अफ्रिकी देशहरु, ल्याटिन अमेरिकी देशहरु, मरिसस, सेसेल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 246 पटक पढिएको
  • क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

    काठमाडौँ / क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्वीट गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका थिए ।उनले भने , ‘मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु ।’ साथै उनले सोही ट्विटरमा क्यानडाली नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरे । 

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 149 पटक पढिएको
  • इक्वेडरमा बाढीमा परेर ११ जनाको मृत्यु, १५ जना घाइते

    एजेन्सी / ल्याटिन अमेरिकी मुलुक इक्वेडरको राजधानी क्विटोमा आएको बाढीमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । उत्तरी ला गास्का जिल्लाको पहाडी क्षेत्रमा आएको पहिरोमा १५ जना घाइते भएका छन् । लेदो माटोसहितको पहिरोमा सडकमा गुडिरहेका सवारी साधन बगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ ।सोमबारदेखि राजधानीमा परेको अविरल वर्षाका कारण बाढी आएको हो । उद्धार कार्यका लागि घटनास्थलमा आपतकालीन अधिकारी र प्रहरी खटिएका छन् ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 161 पटक पढिएको
  • भारतमा आज बजेट भाषण हुँदै

    एजेन्सी  / भारतकी केन्द्रीय अर्थमन्त्री सीतारमण आर्थिक वर्ष २०२२–२३ का लागि मंगलबार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्नेछिन् । निर्मला सीतारमणले चौथो पटक बजेट पेश गर्न लागेका हुन् । यसपटक पनि उनी पेपरलेस बजेट पेश गर्नेछिन् ।सन् २०२० मा निर्मला सीतारमणले एक ट्याबलेटबाट बजेट भाषण पढेका थिए । यद्यपि, सन् २०१८ मा यो परम्परा आन्ध्र प्रदेश र असमबाट सुरु भएको थियो तर केन्द्रमा प्रविधिलाई महत्व दिँदै सन् २०२० मा नै पेपरलेस बजेटको सुरुवात भयो । पहिला अर्थमन्त्रीले बजेट दस्तावेजलाई ब्रिफकेसमा लिएर आउँथे । तर निर्मला सीतारमणले सन् २०१९ मा एक फाइलमा बजेटको दस्तावेज लिएर आइन् । उक्त फाइलमा राष्ट्रिय प

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 160 पटक पढिएको
  • बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागे

    एजेन्सी / कोरोना भाइरस संक्रमणबीच भोजमा सहभागी भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन्। प्रधानमन्त्री जोन्सनले संसदमा उभिएर आफ्नो कमजोरी स्वीकार गर्दै माफी मागेका हुन्।प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको बिबीसीले जनाएको छ। ‘हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्छ, तर यसको मतलब मेरा क्रियाकलाप सबै नियमभित्रै थिए भन्ने होइन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले भनेका थिए।यद्यपी प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट र मन्त्रिपरिषद् भवन सञ्चालनको तरिका बदल्न लागेको भन्दै उनले यसले धेरै सुधार ल्याउने

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 147 पटक पढिएको
  • चर्चमा प्रार्थना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या

    काठमाडौँ / पाकिस्तानस्थित रहेको एक चर्चमा प्रार्थना गरेर फर्किरहेका पादरी  माथि गोली हानी हत्या गरिएको छ । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा  आइतबार प्रार्थना गरेर फर्किरहेका पादरीमाथि अज्ञात समुहले गोली हानी हत्या गरेको त्यहाँका प्रहरीको भनाइलाई उदृत गर्दै सञ्चार माध्यमहरूले लेखेका हुन् ।बन्दुकधारीहरूले ७५ वर्षीय पादरी विलियम सिरजको गोली हानी हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । उक्त घटनापछि स्थानीय प्रहरीले सूचना र सिसि टिभीको आधारमा छानविन सुरु गरेको थियो । यद्यपि, हमलाकारहरुबारे हालसम्म कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएक

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 181 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.