काठमाडौँ / क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ ।

उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्वीट गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका थिए ।

OM Sai Pathibhara Hospital

उनले भने , ‘मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु ।’ साथै उनले सोही ट्विटरमा क्यानडाली नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरे ।