एजेन्सी / सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा  बालबालिका र महिलासहित १३ जनाको मृत्यु भएको छ ।

जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो । 

OM Sai Pathibhara Hospital

एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो । अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले  जनाएको छ । अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानव अधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले बताए ।