एजेन्सी / भारतले आर्थिक वर्ष २०२२/२३ को बजेट मार्फत नेपाललाई अर्को छिमेकी मुलुक भुटानको भन्दा कम आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

भारत सरकारले ल्याएको नयाँ बजेटमा नेपाललाई १२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख रहेको छ ।

OM Sai Pathibhara Hospital

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको केन्द्रीय बजेटमा  बिभिन्न देशलाई दिने अनुदानको सुचीमा नेपाललाई नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात १२ अर्ब नेपाली रुपैयाँ अनुदानका छुट्याएको उल्लेख छ।

नेपाल लगायत भुटान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स, म्यानमार, मंगोलियाका साथै अफ्रिकी देशहरु, ल्याटिन अमेरिकी देशहरु, मरिसस, सेसेल्स लगायत बिभिन्न विकासशील देशहरुका लागि भारतीय बजेटमा अनुदान रकम बिनियोजन गरिएको छ।

भारतले सबैभन्दा धेरै बजेट भुटानलाई छुट्याइएको छ। भुटानलाई भारतले २२ अर्ब ६६ करोड भारतीय रुपैयाँ छुट्याएको छ। बजेटमा श्रीलंकाका लागि २ अर्ब भारतीय रुपैयाँ अनुदानका बिनियोजन गरिएको छ।

त्यसैगरी बजेटमा अफगानिस्तानलाई २ अर्ब र बंगलादेशका लागि ३ अर्ब रुपैयाँ छुट्याएको छ।