काठमाडौँ / पाकिस्तानस्थित रहेको एक चर्चमा प्रार्थना गरेर फर्किरहेका पादरी  माथि गोली हानी हत्या गरिएको छ ।

पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा  आइतबार प्रार्थना गरेर फर्किरहेका पादरीमाथि अज्ञात समुहले गोली हानी हत्या गरेको त्यहाँका प्रहरीको भनाइलाई उदृत गर्दै सञ्चार माध्यमहरूले लेखेका हुन् ।

OM Sai Pathibhara Hospital


बन्दुकधारीहरूले ७५ वर्षीय पादरी विलियम सिरजको गोली हानी हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । उक्त घटनापछि स्थानीय प्रहरीले सूचना र सिसि टिभीको आधारमा छानविन सुरु गरेको थियो । यद्यपि, हमलाकारहरुबारे हालसम्म कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त घटनाको निन्दा गरेका छन् । सन् २०१७ को जनगणनाअनुसार इसाई पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक अल्पसंख्यक समुदाय हो ।