काठमाडौँ / पाकिस्तानस्थित रहेको एक चर्चमा प्रार्थना गरेर फर्किरहेका पादरी माथि गोली हानी हत्या गरिएको छ ।
पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा आइतबार प्रार्थना गरेर फर्किरहेका पादरीमाथि अज्ञात समुहले गोली हानी हत्या गरेको त्यहाँका प्रहरीको भनाइलाई उदृत गर्दै सञ्चार माध्यमहरूले लेखेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उक्त घटनाको निन्दा गरेका छन् । सन् २०१७ को जनगणनाअनुसार इसाई पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक अल्पसंख्यक समुदाय हो ।






































