एजेन्सी / ल्याटिन अमेरिकी मुलुक इक्वेडरको राजधानी क्विटोमा आएको बाढीमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । उत्तरी ला गास्का जिल्लाको पहाडी क्षेत्रमा आएको पहिरोमा १५ जना घाइते भएका छन् । 

लेदो माटोसहितको पहिरोमा सडकमा गुडिरहेका सवारी साधन बगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ ।

OM Sai Pathibhara Hospital

सोमबारदेखि राजधानीमा परेको अविरल वर्षाका कारण बाढी आएको हो । उद्धार कार्यका लागि घटनास्थलमा आपतकालीन अधिकारी र प्रहरी खटिएका छन् ।