विदेश

    Showing 1,401-1,410 of 1,582 items.
  • स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने

    काठमाडौं/ स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने भएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका हुन् ।शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सान्चेजले बहुप्रतीक्षित घोषणा गरेका हुन्।“४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु”,समाजवादी नेता सान्चेजले भने, “अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं र बैठकमा जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्ने नियमलाई हटाउने प्रस्ताव ल्याउँदैछौं”।सरकार

    • प्रकाशित मितिः असार ५, २०७८
    • 132 पटक पढिएको
  • ट्रम्पको समर्थनमा ओबामाकेयरलाई दिइएको चुनौती अस्वीकृत

    अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको माग गर्दै दिइएका चुनौतीलाई खारेज गरेको छ। पुरातनवादीहरूप्रति अदालतको झुकाव रहेपनि नौ जना न्यायाधीशहरूमध्ये पक्षमा सात र विपक्षमा दुई जना उभिँदै राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला सुनाएका थिए।ओबामाकेयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो।कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बिमासम्मको पहुँच उपलब्ध गराउँछ। पुराना स्वास्थ्

    • प्रकाशित मितिः असार ४, २०७८
    • 131 पटक पढिएको
  • जो बाइडेन र भ्लादमिर पुटिनबीच भेटवार्ता

    काठमाडौँ/ अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच भेटवार्ता भएको छ । बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग स्विट्जरल्यान्डको राजधानी जेनेभामा भेटवार्ता गरेका हुन्। वार्ता तीन घण्टासम्म चलेको र आफूहरुले थप समय नचाहेको बताउँदै बाइडेनले रुससँगको सम्बन्ध सुधार्न इमान्दार प्रयत्न भैरहेको समेत बताएका छन् ।उनले पुटिनसँगको वार्तामा आफूले मतभेदका विषयलाई शान्तपूर्वक प्रस्तुत गरेको र रुसले अमेरिकसँग शीतयुद्ध नचाहेको बताएका छन् । बाइडेनले पुटिनसँग साइबर सुरक्षाका बारेमा कुरा गरेका छन् । टेक्सासमा अमेरिकी पेट्रोलियम पाइपलाइनको वितरण प्

    • प्रकाशित मितिः असार ३, २०७८
    • 240 पटक पढिएको
  • सोमाली सेनाको कारबाहीबाट १६ जना विद्रोहीको मृत्यु

    काठमाडौँ / जुबाको दक्षिणी क्षेत्रमा सैन्य कारबाहीबाट विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ ।सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् ।सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो कुसमा सेनाले विद्रोही विरुद्ध कारबाही गरेको जानकारी दिए ।अहमदले विद्रोही लडाकूले सेनासँगको भिडन्तमा निकै शसक्त प्रतिरोध गर्ने प्रयाु गरे पनि उनीहरु सफल नभएको बताए । सेनाको रेडियोमा बोल्दै उनले उक्त क्षेत्रमा सेनाको कारबाही निरन्तर रहनेछ भने ।जुबाको दक्षिणी क्षेत्रमा इस्लामिक कट्टरपन्थी लडाकू समूह अल–शबाब विरुद्ध सोमाली सेनाले निरन्

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 89 पटक पढिएको
  • पाकिस्तानमा नेपाल सहित २६ देशबाट भ्रमण गर्न प्रतिबन्ध

    इस्लामावाद / पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो ।नेस्नल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसि)ले अहिले बाहिरी देशहरुबाट मानिसहरुलाई आउन दिनु उपयुक्त नहुने निश्कर्ष निकालेको अधिकारीहरुले जनाएका छन् ।  पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ए, बी र सी समूहमा वर्गीकरण गरेको छ । वर्गीकरण गरिएका मध्ये सी समूहमा परेकाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । अन्य ए र बी समूहमा परेका देशहरुबाट पाकिस्तान आउन चाहनेहरुलाई भने  विभिन्न सर्त तथा मापद

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 125 पटक पढिएको
  • चिनमा ग्यास बिस्पोटबाट १२ जनाको मृत्यु

    काठमाडौँ  / चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 106 पटक पढिएको
  • पाकिस्तानमा तलब बृद्धि थोरै भएको भन्दै सरकारी कर्मचारी आन्दोलित

    इस्लामावाद(एजेन्सी) पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् ।सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ ।  प्रदर्शनकारी

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 106 पटक पढिएको
  • चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

    बेइजिङ / चीनमा बिहीबार सम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ ।विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड खोप दिइसकेका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख संक्रमणमुक्त भएका छन् ।हालसम्म संयुक्तराज्य अमेरिकामा छ लाख १४ हजार, भारतमा तीन लाख ६३ हजार, ब्राजिलमा चार लाख ८२ हजार, फ्र

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 95 पटक पढिएको
  • दुर्घटनामा परी पाकिस्तानमा १८ को मृत्यु, ३० घाइते

    इस्लामावाद / पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।  सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ ।यसै साताको

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 99 पटक पढिएको
  • विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना पक्राउ

    याङ्गुन(एजेन्सी) म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ ।म्यानमारमा गत

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 107 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा