एजेन्सी / भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले जनधनको क्षति भएको पनि बताइएको छ । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई उद्धृत गर्दै त्यस क्षेत्रका स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार अनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ ।
साथै मुख्यमन्त्रीको कार्यालयले उक्त आँधीमा परेर ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई ४ लाख भारतीय रुपैयाँ साहयता दिने घोषणा पनि गरेको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।