एजेन्सी / अमेरिकाका साइबर कमान्ड विशेषज्ञहरू युक्रेनमा खटिएको र उनीहरूले रुसविरुद्ध आक्रामक कारवाही चलाएको कमान्डर तथा राष्ट्रिय सुरक्षा निकायका महानिर्देशक पल नाकासोनेले बताएका छन् । 

बुधवार स्काई न्युजसँगको अन्तर्वार्तामा नाकासोनेले सूचना युद्ध गर्नका लागि अमेरिकी गुप्तचरहरूले सीएनएन जस्ता कर्पोरेट मिडिया उपयोग गर्ने गरेको बताए । 

OM Sai Pathibhara Hospital

इस्टोनियामा आयोजित साइबर सम्मेलनको साइडलाइनमा कुरा गर्दै उनले १६ वटा मुलुकमा अमेरिकाका साइबर विशेषज्ञहरू खटिएको बताए । विदेशी ह्याकरलाई पत्ता लगाउने तथा तिनले प्रयोग गर्ने साधन पत्ता लगाउने उनीहरूको काम हो । 

‘युक्रेन सरकारको निमन्त्रणमा सन् २०२१ को डिसेम्बर महिनामा हामी युक्रेन गएका थियौं । हामी त्यहाँ लगभग ९० दिन बस्यौं,’ नाकासोनेले बताए । 

रुसले युक्रेनमाथि आक्रमण गर्नुभन्दा ठीक अघि फेब्रुअरी महिनामा उक्त टोली अमेरिकी सैनिकहरूसँगै बाहिरिएको थियो । अमेरिकाले युक्रेनको सहायताका लागि रुसविरुद्ध आक्रामक ह्याकिङ कारवाही चलाएको पनि नाकासोनेले पुष्टि गरे ।