एजेन्सी / आक्रमणकारी गाली चलाउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अमेरिकाको ओक्लोहामाको एक मेडिकल भवनमा आक्रमणकारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो । अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले मारिनेमा कर्मचारी र बिरामी दुवै रहेको बताए ।