एजेन्सी / इरानको राजधानी तेहरानमा एक भवन भत्कँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको छ ।

साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बताइएको छ ।
अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन १० तले भवन भत्किएको जनाइएको छ । 
मंगलबार बिहान अर्को चार शव फेला परेपछि मृत्यु हुनेको कुल संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी इर्नाले सहरका गभर्नर एहसान अब्बासपुरलाई उद्धृत गर्दै जनाएको छ । 
गत आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका थिए ।
सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरकोबीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ । हराएकाको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ ।