एजेन्सी / नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासि भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।
कम्तीमा ३१ जनाको मृत्यु पुष्टि भएको र अन्य केही घाइते भएका स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज-कोकाले जनाएका छन् ।
अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदाय बीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।