एजेन्सी / रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतबार बम विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले जानकारी दिएको छ । 

मेयर आन्द्रे शेव्चिक र उनका अंगरक्षकहरू मेयरको घरमा प्रवेश गर्न लाग्दा विस्फोटमा परी घाइते भएको स्थानीय कानून कार्यान्वयन अधिकारीले बताए । 

OM Sai Pathibhara Hospital

प्रवेशद्वारमा विद्युतीय वायरिङ बक्समा घरैमा बनेको विस्फोटक पदार्थ राखिएको जानकारी ती अधिकारीले दिए । शेव्चिकले युक्रेनबाट लगातार धम्की पाइरहेका थिए ।