विदेश

    Showing 1,371-1,380 of 2,133 items.
  • दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु

    एजेन्सी / दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ । प्रहरी लेफ्टिनेन्ट इलियास मावेलालेका अनुसार शनिबार र आइतबार राति भएका गोलीबारीका कारण १४ जनाको मृत्यु भएको हो ।  घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 158 पटक पढिएको
  • युक्रेनी राष्ट्रपति जेलेन्सकीद्धारा पाँच देशका राजदूतलाई देश निकाला

    एजेन्सी  / चार महिनादेखि जारी युद्धमा रसियाले पकड बनाउँदै लगिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देश निकाला गरेका छन् ।उनले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन् । जेलेन्सकीले चार वटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन् । जेलेन्सकीले युरोपेली मुलुकहरू जर्मनी, हंगेरी, चेक रिपब्लिक र नर्वेका राजदूतलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन् ।युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन् । रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भा

    • प्रकाशित मितिः असार २६, २०७९
    • 186 पटक पढिएको
  • पाकिस्तानमा बाढीका कारण ५७ जनाको मृत्यु , सयौँ नागरिक घरबारविहीन

    एजेन्सी / पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ५७ जनाको मृत्यु छ । जसमा अधिकांश बालबालिका र महिला रहेका छन् । गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौँ नागरिक घरबारविहीन बनेका छन् ।भारी वर्षाले पाकिस्तानका ८ वटा ड्याम भत्केका छन् । बलुचिस्तानमा सयौँ घर डुबानमा पर्नुका साथै त्यतिकै सङ्ख्यामा सवारीसाधन डुबेका छन् । बाढीका कारण हवाई सेवा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् । बाढीकै कारण पाकिस्तानमा सम्पूर्ण विद्यालय र कलेजहरू केही समयका लागि बन्द गरिएको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 175 पटक पढिएको
  • श्रीलङ्काका प्रधानमन्त्री र राष्ट्रपतिले राजीनामा दिँदै, प्रदर्शनकारीले लगाए प्रधानमन्त्रीको घरमा आगो

    झापा / श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गए राति राष्ट्रपति राजापाक्षेले राजीनामा दिने बताएका हुन् ।राष्ट्रपति राजापाक्षेले राजीनामा दिएपछि सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसद्ले नयाँ नेता चयन गर्ने बताइएको छ ।शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए ।श्रीलङ्कामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीले महिनौँदेखि राष्ट्रपति राजापाक्षेको राजिनामा माग गर्दै प्रदर्शन गर्दै आएका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघ

    • प्रकाशित मितिः असार २६, २०७९
    • 157 पटक पढिएको
  • गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

    झापा / गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।[Breaking News] Officials say former Japanese Prime Minister #Abe Shinzo has been confirmed #dead. He was reportedly #shot during a speech on Friday in the city of #Nara, near Kyoto.https://t.co/bZpiKm8wIN— NHK WORLD News (@NHKWORLD_News) July 8, 2022 ">चुनावी अभियान अन्तर्गत आज (शुक्रबार) बिहान जापानको नारा शहरको एक सडकमा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।दुई पटक गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटी

    • प्रकाशित मितिः असार २४, २०७९
    • 176 पटक पढिएको
  • जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

    काठमाडौँ / जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको बताइएको छ । । जापानका मिडियाहरूका अनुसार उनी बेहोस अवस्थामा छन् । गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यसपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान छ ।उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटि

    • प्रकाशित मितिः असार २४, २०७९
    • 158 पटक पढिएको
  • बाढी र पहिरोमा परी पाकिस्तानमा २५ जनाको मृत्यु

    एजेन्सी / पाकिस्तानमा भीषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरूले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरूको निधन भएको बताएका छन् । बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकका अनुसार केही दिन देखिको वर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् । साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरूमा नै क्षति पुर्‍याएको छ । बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् । क्वेटा नगरमा ब

    • प्रकाशित मितिः असार २२, २०७९
    • 174 पटक पढिएको
  • चीनको सियान सहरमा लकडाउन

    एजेन्सी / कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् ।गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए

    • प्रकाशित मितिः असार २२, २०७९
    • 165 पटक पढिएको
  • युक्रेनको लुहांस्क क्षेत्र रुसको कब्जामा

    एजेन्सी / रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रणमा लिएको हो ।योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ । लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन् ।’उनले भनेका छन्, ‘रुससँग अत्याधुनिक गोलाबारुद, विमान, मानव संसाधन र अन्य बल थियो, युक्रेनी सेनालाई ज्यान जोगाउनका लागि पछि हट्न भनिएको छ ।’यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क श

    • प्रकाशित मितिः असार २१, २०७९
    • 170 पटक पढिएको
  • श्रीलङ्कामा विद्यालय बन्द गर्नुको कारण यस्तो

    काठमाडौँ  / विदेशी मुद्राको अभावका कारण आर्थिक सङ्कट ब्यहोरिरहेको श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । इन्धन अभावका कारण पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो।शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ।विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।देशका ऊर्जा मन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको जानकारी दिएका थिए। देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर

    • प्रकाशित मितिः असार २१, २०७९
    • 155 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.