विदेश

    Showing 1,371-1,380 of 1,582 items.
  • भारतमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    बिर्तामोड(एजेन्सी) भारतमा शनिबार इन्धनको मूल्य पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश : १०० रूपैँया ९१ पैसा र ८९ रूपैँया ८८ पैसा (भारू)  प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ । अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रुपैयाँ ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रुपैयाँ ४६ पैसा प

    • प्रकाशित मितिः असार २६, २०७८
    • 113 पटक पढिएको
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि

    भारत / भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण एक हजार २०६ जनाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि एक दिनमा ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको विवरण शुक्रबार बिहान सार्वजनिक गरिएको थियो । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख सात हजार १४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार ७६६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख ५५ हजार ३३ पुगेको छ । य

    • प्रकाशित मितिः असार २६, २०७८
    • 141 पटक पढिएको
  • जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटायो

    काठमाण्डौ / चीनले जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएको छ । जायन्ट पान्डाको सङ्ख्या एक हजार आठ सय पुगेपछि लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो । लोपोन्मुख प्रजातिमा नरहे पनि जोखिममा रहेको चिनियाँ अधिकारीले बताएका छन् । विज्ञका अनुसार चीन जायन्ट पान्डाको बासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन आईयूसीएनले सन् २०१६ मै जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएर जोखिमयुक्त सूचीमा सारेको थियो । चीनले पाँच वर्षपछि मात्रै वर्गीकरणमा परिवर्तन गरेको हो ।जायन्ट पान्डा संरक्षणको सफलता मुख्य गरी बाँसका ज

    • प्रकाशित मितिः असार २६, २०७८
    • 142 पटक पढिएको
  • कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

    रुपगन्ज(एजेन्सी) बङ्गलादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी नै रहेको पनि जानकारी दिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान पनि प्रहरीले गरेको छ । सुरक्षित नै मानिएको बङ्गलादेशको औद्योगिक क्षेत्रमा रहेको उद्योगको भवनमा आगलागी भएको जनाइएको छ । बङ्गलादेशको राजधानी ढाकामा रहेको ढाका अपार्टमेन्टमा पनि यसअघि

    • प्रकाशित मितिः असार २५, २०७८
    • 107 पटक पढिएको
  • हाइटी राष्ट्रपति हत्यामा २८ जना संलग्न

    हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना व्यक्ति संलग्न भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न २६ जना कोलम्बिया र २ जना भने हाइटी अमेरिकी रहेको बताइएको छ।ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ। बुधवार प्रहरीले चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो। हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।हाइटी प्रहरीका निर्देशक लियोन चाल्र्सले १५ कोलम्बियाली र दुई हाईटियन अमेरिकीलाई पक्राउ गरेको बताए। तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन्। चाल्र्सका अनुसार हत्याराहरू यस घटना पश्चात भागिरहेको समयमा प्रहरीले उनीहरुलाई घेरेको थियो

    • प्रकाशित मितिः असार २५, २०७८
    • 136 पटक पढिएको
  • भारतको केरलामा जिका भाइरस देखियो

    काठमाण्डौ / भारतको केरलामा जिका भाइरस भेटिएको छ । एक गर्भवती महिलालाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो। १९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ। लामखुट्टेको टोकाइका कारण लाग्ने जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुन्छ । यसले बच्चाको दिमागी विकासमा अवरोध गरी मस्तिष्कको आकार सानो बनाइदिन्छ ।भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइरस भेटिएको थियो ।  सन् २०१५ म

    • प्रकाशित मितिः असार २५, २०७८
    • 132 पटक पढिएको
  • अमेरिकी सैनिकलाई युद्ध गर्न नपठाउने

    काठमाडौँ  / अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सैनिकलाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने बताएका छन् । उनले अगस्ट ३१ सम्म सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता भइसक्ने बताएका छन् ।  बाइडेनले आफ्नो देश कसरी चलाउने भन्ने निर्णय गर्ने अफगानिस्तानको अधिकार र जिम्मेवारी भएको बताएको बीबीसीले जनाएको छ ।अहिलेसम्म अफगानिस्तानमा रहेका ९० प्रतिशत अमेरिकी सैनिक स्वदेश फर्किसकेका छन्। तालिबानले अफगानिस्तानको झन्डै एक तिहाई जिल्ला नियन्त्रणमा लिएको छ ।सन् २००१ मा अमेरिकाले आफ्नो सेना अफगानिस्तानमा पठाएको थियो ।  २० वर्षमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानमा ज्यान ग

    • प्रकाशित मितिः असार २५, २०७८
    • 126 पटक पढिएको
  • ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरूद्ध हाले मुद्दा

    बिर्तामोड(एजेन्सी) अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र अल्फाबेट कम्पनी र तिनका प्रमुख कार्यकारी अधिकृतविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले कन्जरभेटिभ विचारधारालाई गैरकानुनी तरिकाले प्रतिबन्ध लगाएको भन्दै तीन कम्पनी र तिनका सिइओ मार्क जुकरबर्ग (फेसबुक), ज्याक डोर्सी (ट्वीटर) र सुन्दर पिचाई (अल्फाबेट) विरुद्ध मुद्दा दायर गराएका हुन्।मुद्दा हालेर ट्रम्पले फेसबुक, ट्वीटर र युट्युबले अन्यायपूर्ण तरिकाले बन्द गरिदिएका प्रयोगकर्ताका पक्षमा आफूलाई उभ्याएका छन्।   हामीले अमे

    • प्रकाशित मितिः असार २४, २०७८
    • 150 पटक पढिएको
  • हैटीका राष्ट्रपतिको हत्या

    एजेन्सी / हैटीका राष्ट्रपति जोभेनल मोइसको हत्या भएको छ। राष्ट्रपति मोइसको बुधबार आफ्नै घरमा हत्या भएको हैटीका अन्तरिम प्रधानमन्त्रीको क्लाउडे जोसेफलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मोइसले सन् २०१७ फेब्रुअरीदेखि हैटीको ५८ औँ राष्ट्रपतिको रुपमा जिम्मेवार सम्हालेका थिए। उनको हत्याबारे थप जानकारी आउन बाँकी छ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 142 पटक पढिएको
  • मन्त्रिमण्डल विस्तार गर्दै मोदी, मन्त्रीहरूको (सूचीसहित)

    भारत(एजेन्सी) आज बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । मोदीले दोस्रो कार्यकालमा पहिलोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।मंगलबार चार राज्यको राज्यपाल परिर्वतन गरिएपछि मन्त्रिमण्डल विस्तारको चर्चा थप चुलिएको थियो । नयाँ मन्त्रालय ‘मिनिस्ट्री अफ कोअपरेसन’ बनाइएपछि त मन्त्रिमण्डल विस्तार हुने पक्कापक्की बनेको थियो । बुधबार दूरदर्शन न्यूजले ट्वीट गर्दै साँझ ६ बजे शपथको समय तोकिएको जानकारी दिएपछि सबै अनुमानमा विराम लाग्यो ।भारतीय मिडियाका अनुसार सत्ता समीकरणमा ध्यानमा राख्दै मन्त्रिमण्डल विस्तार गर्न लागिएको छ । हालसम्म २४ जनाको नाम फाइनल भएको दैनि

    • प्रकाशित मितिः असार २३, २०७८
    • 126 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा