एजेन्सी / दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ । 

प्रहरी लेफ्टिनेन्ट इलियास मावेलालेका अनुसार शनिबार र आइतबार राति भएका गोलीबारीका कारण १४ जनाको मृत्यु भएको हो ।  

OM Sai Pathibhara Hospital

घटनास्थलमा प्रहरी पुग्दा १२ जना मृत फेला परेका थिए । गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।