एजेन्सी / पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ५७ जनाको मृत्यु छ । जसमा अधिकांश बालबालिका र महिला रहेका छन् । गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौँ नागरिक घरबारविहीन बनेका छन् ।

भारी वर्षाले पाकिस्तानका ८ वटा ड्याम भत्केका छन् । बलुचिस्तानमा सयौँ घर डुबानमा पर्नुका साथै त्यतिकै सङ्ख्यामा सवारीसाधन डुबेका छन् । बाढीका कारण हवाई सेवा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् । बाढीकै कारण पाकिस्तानमा सम्पूर्ण विद्यालय र कलेजहरू केही समयका लागि बन्द गरिएको छ ।