एजेन्सी / रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रणमा लिएको हो ।

योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ । लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन् ।’

OM Sai Pathibhara Hospital

उनले भनेका छन्, ‘रुससँग अत्याधुनिक गोलाबारुद, विमान, मानव संसाधन र अन्य बल थियो, युक्रेनी सेनालाई ज्यान जोगाउनका लागि पछि हट्न भनिएको छ ।’

यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने दाबी गरेका छन् । उनले डटेर रुसी सेनाविरुद्ध लडेको भन्दै आफ्ना सैनिकलाई धन्यवाद पनि दिएका छन् ।

यसअघि रुसको चेचेन्या गणराज्यका प्रमुख रमजान कादिरोभले सार्वजनिक गरेको एक भिडियोमा चेचेन लडाकु लिसिचांस्कको मध्यमा देखिन्छन् । उनीहरु पश्चिमतर्फ अघि बढिरहेका छन् । युक्रेनको नियन्त्रणमा रहेको स्लोभियांस्क शहरमा संघर्ष जारी छ । सोमबारसम्म त्यहाँ ६ जनाको मृत्यु भएको थियो । लिसिचांस्क दोनेत्स्क क्षेत्रमा पर्दछ ।

दोनेत्सकलुहांस्क मिलेर बनेको औद्योगिक डोनबास क्षेत्र बनेको छ । लुहांस्क क्षेत्र रुसको नियन्त्रणमा रहे पनि दोनेत्स्का दुई ठूला शहर स्लोवियांस्कक्रेमातोरस्कमा युक्रेनको नियन्त्रण कायम छ । एक साता अगाडि रुसी सैनिकले सेवेरोदोनोत्स्कमा कब्जा जमाएका थिए । यो शहर रुसी बमबारीबाट पूर्णरूपमा ध्वस्त भएको छ ।