विदेश

    Showing 1,361-1,370 of 1,582 items.
  • भारतमा थप ३८ हजार नयाँ सङ्क्रमित

    काठमाडौँ(एजेन्सी) भारतमा कोरोनाबाट थप ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।  त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ४१ हजार जना सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या पनि कम भएको छ । भारतमा अहिले पनि कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख २९ हजार ९४६ रहेको अधिकारीहरुले जनाएका

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 93 पटक पढिएको
  • भारतमा मन्त्रीपरिषद बैठक भौतिक रुपमा एक बर्षपछि

    नयाँ दिल्ली(एएनआई) भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ । मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसेका हुन् । बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ । प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलालेको जनाइएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 96 पटक पढिएको
  • गुडिरहेको बसमा बम हमला, नौको मृत्यु, ३९ गम्भीर घाइते

    काठमाडौँ (सिन्ह्वा) / पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् ।पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ ।सो बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 100 पटक पढिएको
  • कोरियामा नेपाली मजदुरको तलब दुई लाख रुपैयाँ न्यूनतम

    काठमाडौँ / दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो ।सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० कोरियन वनबाट ४४० वन वृद्धि भएको हो । यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ ।यो रकम नेपाली दुई लाख रुपैयाँ बराबर हो । न्यूनतम ज्याला निर्धारण समितिमा नौ सदस्य रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी व्यवसायीको तर्फबाट र स

    • प्रकाशित मितिः असार २९, २०७८
    • 122 पटक पढिएको
  • ब्लिकेन : नेपाल र अमेरिकाबीच लामो सहकार्य छ

    काठमाडौँ / अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन् । अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।“आज अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ। यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्ने छ ।” विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन् ।यसैबीच अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै सहयोगका लागि अमेरिकी सरकार र जनतालाई ह

    • प्रकाशित मितिः असार २९, २०७८
    • 111 पटक पढिएको
  • सेल्फी खिच्दै गर्दा चट्याङ लागेर ११ को मृत्यु

    बिर्तामोड / भारतमा आइतबार चट्याङ लागेर ११ को मृत्यु भएको छ । भारतको जयपुर सहरमा सेल्फी खिच्दै गर्दा चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो । १२ औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घटना भएको बताइएको छ। त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ। राजस्थानका विभिन्न स्थानमा आइतबार नै चट्याङका कारण थप नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृत्यु हुनेहरूका परिवारलाई क्षतिपूर्ति बापत पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन्। भ

    • प्रकाशित मितिः असार २८, २०७८
    • 115 पटक पढिएको
  • ब्राजिलमा २४ घन्टामा संक्रमणबाट ५९५ जनाको मृत्यु

    बिर्तामोड(एजेन्सी) कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट  ५९५ जनाको मृत्यु भएको छ ।यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको ज्यान गएको हो ।यसका यहाँ यो संक्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ । त्यसैगरी यहाँ कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब २१ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या १ करोड ९० लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्

    • प्रकाशित मितिः असार २८, २०७८
    • 98 पटक पढिएको
  • भारतमा ४१ हजार जनामा संक्रमण पुष्टी

    काठमाडौँ / भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका हुन् ।संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा सङ्क्रमितहरुको सङ्ख्या चार लाख ५४ हजार ११८ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४७ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभा

    • प्रकाशित मितिः असार २७, २०७८
    • 119 पटक पढिएको
  • ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा पाँचको मृत्यु

    दुशान्वे(एजेन्सी) ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रबिन्दु भएर शनिबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको त्यहाँका सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार शनिबार बिहान ७ः१४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।   भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । केही व्यक्तिहरू घाइत

    • प्रकाशित मितिः असार २६, २०७८
    • 113 पटक पढिएको
  • अफगानी सुरक्षा कारबाहीमा १०९ विद्रोही मारिए

    कान्दहर(एजेन्सी) अफगानिस्तानका विभिन्न क्षेत्रमा शुक्रबार भएका हमलामा परी कम्तीमा १०९ तालिवान लडाकुहरु मारिएका छन् ।देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको हमलामा अरु २५ जना घाइते समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तका छन् । सो घटनामा अरु आठ जना घाइते भएका छन् । शुक्रबार बिहान लडाकूहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्

    • प्रकाशित मितिः असार २६, २०७८
    • 126 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा