विदेश

    Showing 1,361-1,370 of 2,133 items.
  • स्पेनमा गर्मीका कारण एकै हप्तामा ६७९ जनाको मृत्यु

    एजेन्सी / स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको ज्यान गएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार जुलाई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै यहाँका ज्येष्ठ नागरिकहरूको ज्यान गएको छ ।सो संस्थाले गरेको अनुसन्धानबाट यहाँ बुधबारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ ।देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 188 पटक पढिएको
  • श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

    काठमाडौं / श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । बुधबार संसद्मा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिस्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन् । आज सम्पन्न निर्वाचनमा कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी दलास अलाहप्पेरूमाले ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन् ।देश चरण आर्थिक संकटसँग गुज्रिरहँदा प्रधानमन्त्री महिन्दा राजपाक्षेको राजीनामा पछि उनलाई प्रधानमन्त्री बनाइएको थियो। देशभर आन्दोलन बढ्दै जाँदा राष्ट्रपति गोताबाय राजपाक्षेले पनि राजीनामा दिएपछि विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए।रनिल ६

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 172 पटक पढिएको
  • रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

    एजेन्सी / युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनः एकीकरण मन्त्रालयले जनाएको छ ।  रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ । गत साता कोटेन्कोले रूससँगको चारमहिना भन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रनी सैनिक बेपत्ता भएका बताएका थिए ।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 197 पटक पढिएको
  • स्पेनमा प्रचण्ड गर्मीका कारण ५१० को मृत्यु

    एजेन्सी / स्पेनमा केही समय यतादेखि भएको प्रचण्ड गर्मी  र तातो हावाका कारण  ५१० को मृत्यु भएको छ ।  स्पेनको मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार सम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको हो ।मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ , भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन् ।यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 173 पटक पढिएको
  • श्रीलंका संकटबारे छलफल गर्न भारतमा सर्वदलीय बैठक

    एजेन्सी / श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।  तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो ।अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन् । आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र एआईएडीएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छिमेकी देशको सङ्कटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो । विभिन्न च्यानलमार्फत सहायता पठाउनु बाहेक भारतले अहिलेसम्म सङ्कटमा भारतले प्

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 167 पटक पढिएको
  • कार्गो जहाज ग्रिसमा दुर्घटना

    एजेन्सी / सर्वियाबाट जोर्डनका लागि उडेको कार्गो जहाज दुर्घटना भएको छ । युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकले विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । विमानमा चालक दलका ८ जना सदस्य थिए ।

    • प्रकाशित मितिः साउन १, २०७९
    • 161 पटक पढिएको
  • श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन गर्ने एक विद्यार्थीको मृत्यु

    एजेन्सी / श्रीलङ्कामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो ।प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप भएको थियो । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । केही प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्रीको निवासमा प्रवेश गरेका थिए । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबाहक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् ।&

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 165 पटक पढिएको
  • २० वर्षीया युवतीलाई ढुङ्गाले हानेर मृत्युदण्डको फैसला

    एजेन्सी / सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा ढुङ्गाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनु अघि पक्राउ गरेको थियो । फैसलाविरुद्ध उनले उच्च अदालतमा अपील गरेकी छन् ।पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन् ।सुडानमा इस्लामिक कानुनमा रहेर सजाय दिइन्छ । विशेष गरी दोषीलाई हात तथा खुट्टा काट्ने गरिन्छ

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 210 पटक पढिएको
  • राष्ट्रपति गोटाबाया भागेलगतै श्रीलङ्कामा संकटकाल घोषणा

    एजेन्सी / श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे परिवारसहित देश छोडेर भागेपछि प्रधानमन्त्री विक्रमसिंघेले अनिश्चितकालका लागि संकटकाल घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार श्रीलंकाली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै देशमा संकटकाल घोषणा गरेको हो ।सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।देशलाई आर्थिक संकटमा पुराउन राजपाक्षे परिवार नै मुख्य कारक तत्व रहेको भन्दै भन्दै आक्रोशित श्रीलंकाली नागरिकहरूले गत शनिबार राष्ट्रपतिको निवास कब्जा

    • प्रकाशित मितिः असार २९, २०७९
    • 190 पटक पढिएको
  • देश छाडेर भागे श्रीलङ्काका राष्ट्रपति राजपाक्षे, कहाँ गए ?

    काठमाडौं / श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्ष देश छोडेर भागेका छन् । बीबीसीका अनुसार मुलुकमा आर्थिक सङ्कटको विषयलाई लिएर चर्किइरहेकाे आन्दोलनका बीच राजपाक्षे सैनिक विमान मार्फत मुलुक छाडेर भागेका हुन् । ७३ वर्षीय राजपाक्षे स्थानीय समय अनुसार सोमबार राति ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । श्रीलङ्काको वायुसेनाले राजपाक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्स तर्फ उडेको पुष्टि गरेको छ ।उनका भाई एवं पूर्वअर्थमन्त्री बासिल राजपाक्षेले पनि देश छोडेर अमेरिका जाने बताइएको छ । राष्ट्रपति देश छोडेर भागेको खबर सार्वजनिक भएसँगै स्थानी

    • प्रकाशित मितिः असार २९, २०७९
    • 166 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.