एजेन्सी / सर्वियाबाट जोर्डनका लागि उडेको कार्गो जहाज दुर्घटना भएको छ । युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । 

जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकले विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।

OM Sai Pathibhara Hospital

लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । विमानमा चालक दलका ८ जना सदस्य थिए ।