एजेन्सी / श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।  तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो ।

अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन् । 

OM Sai Pathibhara Hospital

आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र एआईएडीएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छिमेकी देशको सङ्कटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो । 

विभिन्न च्यानलमार्फत सहायता पठाउनु बाहेक भारतले अहिलेसम्म सङ्कटमा भारतले प्रत्यक्ष हस्तक्षेप गरेको छैन । भारतले श्रीलंकालाई प्रजातन्त्र, स्थायित्व र आर्थिक पुनरुत्थानका लागि सहयोग गरिरहने बचन दिएको छ । 

गत साता चर्को विरोधबीच गोटावाया राजपाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे  संकटग्रस्त देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त भएका थिए । श्रीलङ्काको संसद्ले बुधबार नयाँ राष्ट्रपति चयन गर्ने भएको छ ।

श्रीलंकाको विरोध आन्दोलन आइतबार सयौँ दिनमा पुगेको छ । प्रदर्शनकारीहरूले देशको आर्थिक उथलपुथलको लागि राजापाक्षे परिवारलाई दोष लगाउँदै आएका छन् । देशका  २ करोड २० लाख मानिसहरूलाई खाना, इन्धन र औषधिको अभाव झेल्न बाध्य छन् ।