काठमाडौं / श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । बुधबार संसद्मा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिस्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन् । 

आज सम्पन्न निर्वाचनमा कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी दलास अलाहप्पेरूमाले ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन् ।

OM Sai Pathibhara Hospital

देश चरण आर्थिक संकटसँग गुज्रिरहँदा प्रधानमन्त्री महिन्दा राजपाक्षेको राजीनामा पछि उनलाई प्रधानमन्त्री बनाइएको थियो। देशभर आन्दोलन बढ्दै जाँदा राष्ट्रपति गोताबाय राजपाक्षेले पनि राजीनामा दिएपछि विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए।

रनिल ६ पटक श्रीलंकाका प्रधानमन्त्री भइसकेका छन्। तर, उनले एकपटक पनि पूर्ण कार्यकाल सरकार चलाउन सकेका छैनन्।

विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक संकटबाट जुझिरहेको छ । जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ । 

सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ । विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित छन् । मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति राजापाक्ष र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्ष जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन् ।