एजेन्सी / सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा ढुङ्गाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।

सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनु अघि पक्राउ गरेको थियो । फैसलाविरुद्ध उनले उच्च अदालतमा अपील गरेकी छन् ।

OM Sai Pathibhara Hospital

पीडितको कानुनी प्रतिनिधि उपस्थित गर्न नदिएको र प्रहरीबाट औपचारिक उजुरी नलिई मुद्दाको सुनुवाइ गरिएको भन्दै मानवअधिकार समूहहरूले उनीमाथि दिइएको सजायको विरोध गरेका छन् ।

सुडानमा इस्लामिक कानुनमा रहेर सजाय दिइन्छ । विशेष गरी दोषीलाई हात तथा खुट्टा काट्ने गरिन्छ । दुर्लभ अवस्थामा मात्र मृत्युदण्डको सजाय दिइन्छ । गत वर्ष देशको सेनाले सत्ता कब्जा गरेपछि सुडानमा महिला अधिकार कटौती भइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त हुन थालेका छन् ।

युगान्डामा रहेको अफ्रिकी सेन्टर फर जस्टिस एण्ड पिस स्टडीज (एसीजेपीएस)ले तिराबलाई तत्काल र बिना शर्त रिहाइ गर्न आह्वान गरेको छ । सरकारले घरेलु र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको आरोप लगाएको छ ।