एजेन्सी / श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् ।

चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे परिवारसहित देश छोडेर भागेपछि प्रधानमन्त्री विक्रमसिंघेले अनिश्चितकालका लागि संकटकाल घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार श्रीलंकाली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै देशमा संकटकाल घोषणा गरेको हो ।सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

देशलाई आर्थिक संकटमा पुराउन राजपाक्षे परिवार नै मुख्य कारक तत्व रहेको भन्दै भन्दै आक्रोशित श्रीलंकाली नागरिकहरूले गत शनिबार राष्ट्रपतिको निवास कब्जा गरी राष्ट्रपतिले राजीनामा नदिएसम्म निवास नछोड्ने घोषणा गरेका थिए ।

सोही क्रममा राष्ट्रपति राजपाक्षेले आज (बुधबार) राजीनामा दिने बताएका थिए । तर, सोमबार राति नै उनी भागेर माल्दिभ्स पुगेका छन् । देश आर्थिक सङ्कटमा फसेपछि नागरिकले राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागेर प्रदर्शन गरिरहेका छन् ।