विदेश

    Showing 1,351-1,360 of 2,133 items.
  • चिनियां विदेशमन्त्रालयले माग्यो पेलोसीको ताइवान भ्रमणबारे अमेरिकी राजदूतसंग स्पष्टीकरण

    एजेन्सी / चिनियां विदेश मन्त्रालयले अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर अमेरिकी राजदूतसँग स्पष्टीकरण मागेको छ ।बेइजिङस्थित चिनका लागि अमेरिकी राजदूत निकोलश बर्न्सलाई विदेशमन्त्रालयमा बोलाएर पेलोसीको ताइवान भ्रमणको चीनले विरोध जनाएको हो ।चिनिया उप विदेशमन्त्री सिए फेङले राजदूत बर्न्सलाई चीन चुप लागेर नबस्ने भन्दै पेलोसीको भ्रमणलाई अनैतिक भएको र यसले गम्भिर परिणामा ल्याउने चेतावनी दिएका छन् ।पेलोसीले बुधबार ताइवानको संसदमा सम्बोधन समेत गरेकी छन् । उनले ताइबानसंग अमेरिकाले सम्बन्ध अझै मजबूत बनाउन खोजेकी बताईन ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 248 पटक पढिएको
  • म्यानमारमा थप ६ महिना सङ्कटकाल

    एजेन्सी / म्यानमारका अधिकारीहरूले राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउने भएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो ।उक्त काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु ६ महिना थपिएको जानकारी दिएको हो । सो काउन्सिलले यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि सङ्कटकालीन अवस्था अरु ५ महिना थप्नुपरेको जनाएको छ ।म्यानमारको संविधानअनुसार यहाँ सङ्कटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ । यहाँका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा ग

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 166 पटक पढिएको
  • सलमान खानलाई मुम्बइ प्रहरीले दियो ‘गन लाइसेन्स’

    एजेन्सी / बलिउड अभिनेता सलमान खानलाई मुम्बई प्रहरीले हतियार राख्नका लागि लाइसेन्स दिएको छ । सलमानले केही दिनअघिमात्रै आत्मरक्षाको लागि भन्दै हतियार राख्ने अनुमति माग गरेका थिए ।उनले आत्मरक्षाको लागि भन्दै हतियार राख्ने अनुमति माग गरेपछि प्रहरीले खानलाई लाइसेन्स दिएको हो । गत ५ जुनमा सलमानलाई ज्यान मार्ने धम्की आएको थियो ।उक्त धम्की आएपछि सुरक्षालाई मध्यनजर गर्दै सलमानले आफ्नो कारलाई पनि ‘अपग्रेड’ गराएका छन् । उनले आफ्नो ल्यान्ड क्रुजर कारलाई बुलेटप्रुफ बनाएका छन् र गाडीमा आर्मर लगाएका छन् । कारको सिसालाई पनि बुलेटप्रुफ बनाइएको छ ।

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 194 पटक पढिएको
  • फिलिपिन्समा शक्तिशाली भूकम्प : चार जनाको मृत्यु, ६० भन्दा बढी घाइते

    एजेन्सी / फिलिपिन्समा बुधबार गएको भूकम्पमा परी ४ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार राति १२ः४३ मा लुजोन टापुमा केन्द्रबिन्दु बनाएर ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।भुकम्पमा परी ६० जना भन्दा बढी घाइते भएका छन् । भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो । भुकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युत लगायतका सेवा अवरुद्ध भएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा सु

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 198 पटक पढिएको
  • दुई भारतीय शान्ति सैनिक कङ्गोमा मारिए

    एजेन्सी / प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र शान्ति मिसनमा सहभागी भएका भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मंगलबार हिंसात्मक प्रदर्शनका क्रममा मारिएका बलका प्रवक्ताले पुष्टि गरेका छन् ।विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरे ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोको पूर्वी सहर गोमामा देशमा रहेको राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 160 पटक पढिएको
  • काङ्ग्रेस नेता गान्धी पक्राउ

    एजेन्सी / भारतीय काङ्ग्रेस पार्टी अध्यक्ष सोनिया गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेशनल हेराल्ड मुद्दामा प्रहरीले पक्राउ गरेको हो । उनी मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका थिए । धर्नास्थल विजय चोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला उनलाई हिरासतमा लिइएको हो । नेता गान्धीसहित अन्यलाई पनि नियन्त्रणमा लिएर पार्लियामेन्ट स्ट्रिटस्थित प्रहरी कार्यालयमा राखिएको छ । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी ने

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 294 पटक पढिएको
  • कुदिरहेको बस नदीमा खस्दा २४ जनाको मृत्यु

    एजेन्सी / राजमार्गमा कुदिरहेको बस नदीमा खस्दा केन्यामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । आइतबार बेलुका देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बस निथी नदीमा  खसेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।घटना भएको थाहा पाउने बित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ ।दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरूले जानका

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 209 पटक पढिएको
  • सेनाद्वारा ४ प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्ड

    एजेन्सी / म्यानमारको सेनाले चार प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएको छ । दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको हो ।पूर्वसांसद फ्यो जेया थाउ, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जावरलाई ‘आतंकवादी कार्य’मा संलग्न रहेको आरोप लगाइएको थियो ।जुनमा सेनाले पहिलो पटक घोषणा गरेको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । जुन्ता सरकारले गत वर्ष फेब्रुवरीमा आङ सान सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) सरकारलाई अपदस्त गरेको थियो ।म्यानमारको मिलिजुली सरकार मृत्युदण्डको निन्दा गरेको छ । मृत्युदण्डको खवरले आफूहरू ‘अत्यन्तै स्तब्ध र दुःखी’ भएको सरकारका घ

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 173 पटक पढिएको
  • भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

    बिर्तामोड / भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु विहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् ।विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छिन् । यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो ।६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन् । उनी वर्षौँदेखि भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध छिन् । उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन् । 

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 179 पटक पढिएको
  • अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

    एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले  ७९ वर्षीय राष्ट्रपति वाइडेनलाई कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् ।प्रवक्ता पियरेका अनुसार कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा आइसोलेसनमा छन् ।राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ । यद्यपि उनले टेलिफोन र जुममार्फत बैठकहरूमा भाग लिनेछन् । 

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.