एजेन्सी / चिनियां विदेश मन्त्रालयले अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विषयलाई लिएर अमेरिकी राजदूतसँग स्पष्टीकरण मागेको छ ।

बेइजिङस्थित चिनका लागि अमेरिकी राजदूत निकोलश बर्न्सलाई विदेशमन्त्रालयमा बोलाएर पेलोसीको ताइवान भ्रमणको चीनले विरोध जनाएको हो ।

OM Sai Pathibhara Hospital

चिनिया उप विदेशमन्त्री सिए फेङले राजदूत बर्न्सलाई चीन चुप लागेर नबस्ने भन्दै पेलोसीको भ्रमणलाई अनैतिक भएको र यसले गम्भिर परिणामा ल्याउने चेतावनी दिएका छन् ।

पेलोसीले बुधबार ताइवानको संसदमा सम्बोधन समेत गरेकी छन् । उनले ताइबानसंग अमेरिकाले सम्बन्ध अझै मजबूत बनाउन खोजेकी बताईन