एजेन्सी / फिलिपिन्समा बुधबार गएको भूकम्पमा परी ४ जनाको मृत्यु भएको छ । 

स्थानीय समयानुसार राति १२ः४३ मा लुजोन टापुमा केन्द्रबिन्दु बनाएर ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

OM Sai Pathibhara Hospital

भुकम्पमा परी ६० जना भन्दा बढी घाइते भएका छन् । भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो । भुकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ । 

भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युत लगायतका सेवा अवरुद्ध भएको जनाइएको छ ।

घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ता परिचालन गरिएको छ ।