एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । 
ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले  ७९ वर्षीय राष्ट्रपति वाइडेनलाई कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् ।
प्रवक्ता पियरेका अनुसार कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा आइसोलेसनमा छन् ।
राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ । यद्यपि उनले टेलिफोन र जुममार्फत बैठकहरूमा भाग लिनेछन् ।