बिर्तामोड / भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु विहीबार राष्ट्रपतिमा विजयी भएकी हुन् ।

विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छिन् । यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो ।

OM Sai Pathibhara Hospital

६४ वर्षीया मुर्मु पूर्वशिक्षिका हुन् । उनी वर्षौँदेखि भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध छिन् । उनी झारखण्डकी पूर्वराज्यपालसमेत हुन् ।