एजेन्सी / भारतीय काङ्ग्रेस पार्टी अध्यक्ष सोनिया गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेशनल हेराल्ड मुद्दामा प्रहरीले पक्राउ गरेको हो । 

उनी मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका थिए । 

OM Sai Pathibhara Hospital

धर्नास्थल विजय चोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला उनलाई हिरासतमा लिइएको हो । 

नेता गान्धीसहित अन्यलाई पनि नियन्त्रणमा लिएर पार्लियामेन्ट स्ट्रिटस्थित प्रहरी कार्यालयमा राखिएको छ । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।