एजेन्सी / राजमार्गमा कुदिरहेको बस नदीमा खस्दा केन्यामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । आइतबार बेलुका देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बस निथी नदीमा  खसेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटना भएको थाहा पाउने बित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ ।
दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् ।
दुर्घटनाको स्पष्ट कारण नखुलेपनि बस तिव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।